राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बैठक बिहीबार बिहान १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।
संसदीय समितिका सभापतिहरूमा मनोनयन दर्ताको समय बिहीबार नै रहेकाले त्यसअघि पार्टीले आफ्ना सांसदहरूको बैठक राख्न लागेको हो।