देउवा पक्षले भन्यो–ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताको लहडमा खारेज हुँदैन

सोमबार, ३० चैत, २०८२
डिजिटल संस्करण
देउवा पक्षले भन्यो–ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताको लहडमा खारेज हुँदैन

फाइल तस्बिर

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टी सदस्यता कुनै नेताको आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज हुन नसक्ने प्रतिक्रिया दिएको छ।

पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेता पूर्णबहादुर  खड्काले कार्यवाहक सभापतिकै रूपमा सोमबार विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यता नवीकरण तथा वितरणलाई सार्वजनिक भाषणबाट गरिएको खारेजीको घोषणाले आश्चर्यचकित बनाएको भन्दै आपत्ति जनाएका हुन्।

पार्टीको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको बताउँदै खड्काले विज्ञप्तीमा भनेका छन्, ‘निर्दलीय निरङ्कुश पञ्चायती व्यवस्थामा नेपाली कांग्रेस पार्टी प्रतिवन्धित रहेको वेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गरिने विषय होइन, हुन सक्दैन।’

पन्ध्रौँ महाधिवेशन नै नभइकन सदस्यता फेरि नवीकरण गर्ने भन्ने कुरा पूर्वाग्रही र आपत्तिजनक रहेको भन्दै देउवा पक्षले पार्टीले पहिल्यै निर्णय गरेको कार्यतालिकाभित्र नविकरण तथा नयाँ सदस्यता लिन चाहनेलाई उचित अवसर दिई पन्ध्रौँ महाधिवेशन गर्ने जनाएको छ।

सुझावित समाचार