जातीय छुवाछुत तथा अमानवीय व्यवहार गरेको भन्दै महिला पक्राउ

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

महोत्तरीको औरही नगरपालिका ५ निवासी ४५ वर्षीया वविता देवी जातीय छुवाछुत तथा अमानवीय व्यवहार मुद्दामा पक्राउ परेकि छिन् । गत माघ ८ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मुद्दा दर्ता भएकोमा सोहि बेला देखि फरार रहेकि उनलाई प्रहरीले लुकिछिपी बसेको अवस्थामा घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आफुलाई उनकी बुहारी बताउने ईन्द्रा कुमारी मण्डलको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । इन्द्राले आफ्नो नावालिका सन्तानसहित घरमा प्रवेश गर्न खोज्दा सासुले मेरो कुल देउता रिसाउने भन्दै कुटपिट गर्दै घर प्रवेश नदिएको उनको आरोप छ । यता इन्द्राका श्रीमान मेघनाथ यादव सम्पर्कबिहिन छन् । इन्द्राले आफ्नो श्रीमानसहित परिवारका अन्य सदस्यहरुमाथि अंश मुद्दा समेत दिएकी छिन् ।

न्यायको आशमा  सन्तान लिएर भौतारिदै इन्द्रा

महोत्तरीको औरही नगरपालिका वडा नं. ३ श्रीपुर निवासी ईन्द्रा कुमारी मण्डल कि सासु वविता देवी प्रहरीको लामो खोजतलास पछि पक्राउ परेपछि इन्द्राले न्याउ पाउने आश गरेकि छिन् । फाल्गुण १२ गते जन्म भएको बच्चाले हालसम्म आफ्नो बुवाको मुख समेत हेर्न नपाएको भन्दै तिनै सासुले श्रीमानलाई लुकाई दिएको र आफुलाई जातीय अवहेलना गर्दै घर प्रवेश नदिएको आरोप लगाइन्।

उनले भागेर विवाह गरेकोमा दुईजना कै उमेर नपुगेकै कारण कानुनी सहयोग नपाएपछि नेपालसंगै जोडिएको भारतको कन्हमामा बस्दै आएकोमा सासु सोहि ठाउ आई आफ्नो श्रीमानलाई सामान किनिदिन्छु बजार हिड भनेर लगेकोमा श्रीमान फिर्ता नआएको बताईन । सोहि बेला आफु ६ महिना कि गर्भवती रहेको उनले थपिन्।

श्रीमान दिनभरि नफर्केपछि उनलाई भेट्न घर जाँदा सासुले तल्लो जात कि छोरी मेरो घरमा प्रवेश गरे कुल देउता रिसाउने भन्दै प्रवेश नदिएको र अमानविय व्यवहार समेत गरेको उनले थपिन । समाजमा अझै दुई परिवारको राजीखुशीले हुने कम उमेरको विवाहले समेत मान्यता पाउने अवस्थामा आफुहरुले प्रेम विवाह गर्दा मैले न्याय पाउन श्रीमान माथी बलात्कार मुद्दा लगाउनु पर्ने ? उनले श्रीमानलाई सासुले लुकाएपछि प्रहरीमा जाँदा प्रहरीले आफुलाई बलात्कार मुद्दा देउ भनेर सल्लाह दिएकोमा आफुले सोहि मुद्दा नदिएको इन्द्राले बताइन् ।

वि.सं. २९८२ वैशाख २५ गते ईन्द्रा मेघनाथसँग भागेकी थिइन सोहि बेला उनको र मेघनाथको उमेर १७ वर्ष थियो ।इन्द्रा भन्छिन,‘नावालिक अवस्थामा भाग्नु हाम्रो भुल थियो । हामीले समाजमा यहि उमेरमा विवाह भैरहेको प्रसस्तै देख्दै आएका थियौ । सोहि भएर हामीपनि भाग्यौ । तर आफुहरुले गरेको गल्तीको सजाय आफ्नो नावालिक सन्तानले भोगिरहेकोमा उनलाई पछुतो छ । श्रीमान समेत माया गर्ने भएपनि आमा बुवाको अगाडी उनको केहि नचलेको र बलजफ्ती उनलाई भारतको कुनै स्थानमा आमाले पठाईदिएकोमा उ उतै बन्देजमा परेको र आफुलाई सम्पर्क गर्न नसकेको बताउछिन । ’

सुझावित समाचार