उद्योगमन्त्रीमा गौरीकुमारी यादव र श्रममन्त्रीमा रामजी यादव सिफारिस

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले उद्योग र श्रममन्त्रीमा नाम सिफारिस गरेका छन्। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा रामजी यादव सिफारिस भएका हुन्।

​उनीहरू दुवै मन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन्। दुवैजनाले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सुझावित समाचार