अब नयाँ सवारी लाइसेन्स २४ घण्टाभित्रै : सञ्चारमन्त्री तिमिल्सिना

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले अब २४ घण्टाभित्रै नयाँ सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छापेर उपलब्ध गराउने बताएका छन्।

सोमबार मन्त्रालयको फेसबुक पेजमार्फत मन्त्री डा. तिमिल्सिनाले सुरक्षण मुद्रण केन्द्रले यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको २४ घण्टाभित्रै लाइसेन्स छापेर उपलब्ध गराउने प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

छपाइ गर्न बाँकी सबै लाइसेन्स पनि आगामी असार मसान्तसम्म छपाइ गरी विभागलाई उपलब्ध गराउने मन्त्री तिमिल्सिनाले बताएका छन्। हाल करिब २९ लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ।

सुझावित समाचार