शंकरलाल अग्रवाल छुटे, छोरा सुलभ थुनामा

आइतबार, २२ चैत, २०८२
डिजिटल संस्करण

बिचौलिया दीपक भट्टसँगको गैरकानुनी कारोबारमा जोडिएका सुलभ अग्रवाल पनि पक्राउ परेका छन् । अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका उपाध्यक्ष र शंकर ग्रुपअन्तर्गतको जगदम्बा होल्डिङ्सका अध्यक्ष हुन् ।

हिमालयन पुनर्बिमा कम्पनीको रकम दुरुपयोग गर्ने कार्यमा भट्टसँगै संलग्न भएको आरोपमा विभागको अनुरोधपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । शुक्रबार प्रहरीले उनका बुबा तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पक्राउ गरेको थियो । त्यसबखत सुलभ भारतमा रहेकाले बुबा शंकरलाई नियन्त्रणमा लिइएको थियो । सुलभ पक्राउ परेसँगै बुबा शंकरलाई हाजिरी जमानीमा छाडिएको छ । 
 

सुझावित समाचार