राष्ट्रिय सभाको उपाध्यक्ष नेकपा (एमाले)ले पाउने भएको छ। राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले एमालेकी लीला भण्डारीलाई सर्वसम्मत गर्ने निर्णय गरेको हो।
राष्ट्रिय सभाको उपाध्यक्षसहित संसदीय समितिहरूको सभापति दलहरूले सहमतिमा भागबन्डा गरेका हुन्।