हुन्डाई नेपालको नयाँ वर्ष २०८३ लक्षित अफर घोषणा गरिएको छ । नेपालका लागि हुन्डाई गाडीकोे आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाईसँग शुभ यात्रा–२०८३” अफर घोषणा गरेको हो । नयाँ वर्षमा नयाँ सुरुवात गर्न चाहनेका लागि अफरमा आकर्षक सुविधा राखिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, ग्राहकले छनोट गरेका हुन्डाई मोडेलमा एक लाख ७५ हजारको नगद छुटका साथै ९६ हजारसम्म नयाँ वर्ष बोनस पाउनेछन् । यसबाहेक, एक वर्षसम्मको निःशुल्क बिमा र सवारी कर तथा मूल्यांकन एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ, जसले गाडी किन्ने अनुभवलाई अझ सजिलो र फाइदाजनक बनाउने कम्पनीको भनाइ छ ।
यस अफरलाई अझ आकर्षक बनाउँदै कम्पनीले बिक्रीपछिका सेवा पनि निरन्तर दिँदै आएको छ । यसअन्तर्गत ६ वर्षसम्मको निःशुल्क सर्भिस र तीन वर्षको वारेन्टी समावेश छ । कम्पनीले नेपालप्रतिको आफ्नो प्रतिबद्धता थप मजबुत बनाउँदै पछिल्ला दुई वर्षदेखि क्रेटा र भेन्युजस्ता लोकप्रिय मोडेल नेपालमै एसेम्बल गर्दै आएको बताइएको छ । पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको यस पहलले देशभित्रै क्षमता विकास, स्थानीय सीप प्रवद्र्धन र औद्योगिक विकासमा योगदान पुर्याइरहेको कम्पनीले बताएको छ ।
लोकप्रिय मोडेल र ग्राहकमैत्री सुविधासहित यो यो अभियानले नयाँ वर्षको सुरुवातलाई अझ फाइदाजनक र विशेष बनाउने लक्ष्य राखेको छ । कम्पनीले आफ्ना नजिकका हुन्डाई सोरुममा गएर अफरबारे जानकारी लिन पनि आग्रह गरेको छ ।