ओलीको प्रभावकारी उपचारको व्यवस्था गर्न अदालतको आदेश

आइतबार, १५ चैत, २०८२
डिजिटल संस्करण

जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी ओलीको प्रभावकारी उपचारको व्यवस्था गर्न आदेश दिएको छ। ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको उल्लेख गर्दै अदालतले प्रभावकारी उपचारको व्यवस्था गर्न भनेको हो।

जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा प्रहरीले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री रमेश लेखकलाई आआफ्नै निवासबाट पक्राउ गरेको थियो।

ओली र लेखकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिँदै जिल्ला अदालतले ओलीको हकमा उपचारको व्यवस्था गर्न आदेश दिएको हो।

‘प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्नेसमेत देखिँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्नसमेत यो आदेश गरिदिएको छ,’ आइतबारको आदेशमा भनिएको छ।

सुझावित समाचार