नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । आज बिहान पक्राउ परेपछि स्वास्थ्य उपचारका लागि टिचिङ अस्पताल लगिएका ओली त्यहि भर्ना भएका हुन् । स्वास्थ्य अवस्थाका कारण उनलाई अस्पताल भर्ना गरिएको प्रहरी अधिकारीले बताएका छन्।
उनीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ। उनीहरुलाई आइतबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराइने जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।
उनीहरुविरुद्ध लापरबाही गरी ज्यान लिन नहुने कसुरमा अनुसन्धान गर्न लागिएको छ। जेनजी आन्दोलनमा उनीहरुकै लापरबाहीले युवाहरुको ज्यान गएको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढेको हो।