नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । केहीबेर अघि थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई शुभकामना दिएका हुन् ।
बधाई दिँदै थापाले देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनका लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने प्रतिबद्धता पनि जनाएका छन् ।
उनले लेखेका छन्
हार्दिक बधाई तथा शुभकामना !
नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु। देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनका लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहनेछ। हार्दिक शुभकामना