आज राति मध्य र पूर्वी नेपालकेन्द्रित हावाहुरी र वर्षा हुने
जल तथा मौसम विज्ञान विभागले आज शुक्रबार राति मध्य र पूर्वी नेपालकेन्द्रित वर्षा र हावाहुरीको आकलन गरेको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार लुम्बिनीका पूर्वी क्षेत्र, बागमती, मधेश र कोशीमा राति हावाहुरी तथा वर्षा हुने सम्भावना छ । पछिल्लो एक घण्टामा बागमती, मधेशका केही क्षेत्र र कोशीमा पानी परिरहेको छ ।
पश्चिम नेपालका केही ठाउँमा पनि हल्का वर्षा भएको छ । ‘दिउँसोबाट एक्टिभ भएको प्रणाली पूर्वतिर सिफ्ट भइरहेको छ । अपराह्नपछि लुम्बिनी र बागमतीमा ठुलो हावाहुरी चल्यो । राति मधेशलगायत क्षेत्रमा हावाहुरीको सम्भावना छ,’ उनले भने, ‘भोलि शनिबार कोशी क्षेत्रमा हावाहुरी चल्ने देखिन्छ ।’ पौडेलका अनुसार आज शुक्रबारजस्तो भोलि शनिबार ठुलो क्षेत्रमा वर्षा हुने सम्भावना छैन । तर, कोशी, मधेश, बागमती, गण्डकीलगायतका क्षेत्रमा वर्षा हुनेछ ।
यस्ता छन् विश्वप्रकाशका नजरमा कांग्रेस हारका २७ कारण [पूर्णपाठसहित]
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको हारका २७ कारण औँल्याएका छन् । शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति शर्माले चुनावी समीक्षासम्बन्धी २९बुँदे दस्ताबेज पेस गरेका हुन्।
पार्टी सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्तावसहितको प्रतिवेदनमा शर्माले विशेष महाधिवेशन सम्पन्न भएको पाँच दिनमा उम्मेदवारी दर्ता र ५०औँ दिनमा निर्वाचन भएको उल्लेख गर्दै छोटो अवधिमै समग्र समीक्षा गर्न नसकिने तर्क गरेका छन्।
पानीले दाउन्नेको सडक हिलाम्य, तीन रात ठुला सवारीसाधन प्रतिबन्ध
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको दाउन्नेमा लगातारको पानीले सडक हिलाम्य र चिप्लो भएपछि रातिका लागि ठुला तथा मालवाहक सवारीसाधन प्रतिबन्ध गरिएकाे छ ।
विगत तीन दिनदेखि दाउन्ने सडकखण्ड एकतर्फी रहेको छ । एक साताअघि परेको पानीले पनि दुई दिनसम्म यहाँको सडक एकतर्फी भएको थियो ।
सडक आयोजनाले शुक्रबार एक सूचना जारी गरी दाउन्नेमा लगातारको पानीले सडक हिलाम्य र चिप्लो हुँदा सवारीसाधन आवतजावतमा समस्या भएकाले राति ठुला तथा मालवाहक सवारीसाधन चैत ६ गतेदेखि ८ गते सम्मलाई प्रतिबन्ध लगाइएको जनाएको छ ।
मानव अधिकार आयोगद्वारा ओलीसहितका अधिकारीलाई कारबाही सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनमा भएको दमनमा तत्कालीन प्रधानमन्त्री केपी ओलीसहितका अधिकारीलाई कारबाही सिफारिस गरेको छ। आयोगको छानबिन समितिले शुक्रबार अध्यक्ष तपबहादुर मगरलाई प्रतिवेदन बुझाउँदै दोषीहरूलाई कारबाही सिफारिस गरेको हो।
आयोगकी सदस्य लिली थापा अध्यक्षताको छानबिन समितिले करिब साढे नौ हजार पृष्ठ लामो प्रतिवेदन बुझाएको हो। प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक तथा सुरक्षा निकायका प्रमुखहरूलाई सो घटनाको जिम्मेवार रहेको औँल्याएको छ । ‘राष्ट्रिय सुरक्षा परिषद्ले नै राम्रोसँग आकलन र तयारी नगरेको देखियोे,’ छानबिन समितिका एक अधिकारीले भने, ‘जसकारण राष्ट्रिय सुरक्षा परिषद् र केन्द्रीय सुरक्षा समितिका पदाधिकारीलाई कारबाही सिफारिस गरिएको छ ।’
विश्व बैंकको ‘नेपाल फिस्कल ड्यासबोर्ड’ : सरकारी आम्दानी र खर्चसम्बन्धी तथ्यांक एकै प्लाटफर्ममा
नेपालको संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारी आय, खर्च र ऋणसम्बन्धी तथ्यांक अब एकै ठाउँमा सहज रूपमा हेर्न सकिने भएको छ। विश्व बैंक नेपालले तयार गरेको ‘नेपाल फिस्कल ड्यासबोर्ड’ गत महिना सार्वजनिक भइसकेको छ। सोही सन्दर्भमा विश्व बैंक नेपालले शुक्रबार आर्थिक पत्रकारहरूको संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) समक्ष प्रस्तुतीकरण तथा अन्तर्क्रिया गरेको हो।
यो ड्यासबोर्डमार्फत संघ, प्रदेश र स्थानीय तहका सरकारको बजेट, राजस्व, खर्च, ऋण र वित्तीय सूचकहरू एकै ठाउँमा हेर्न, विश्लेषण गर्न र डाउनलोड गर्न सकिनेछ। नेपालमा संघ, प्रदेश र स्थानीय तहसँग प्रत्येकको आफ्नै बजेट, राजस्व स्रोत र खर्च हुन्छ। ती सबै तथ्यांक विभिन्न ठाउँमा छरिएका छन्, जसलाई विश्व बैंकले एउटै प्लाटफर्ममा ल्याएर भिजुअलाइज र विश्लेषण गर्न मिल्ने बनाएको हो।
गेरुवा गाउँपालिकामा निर्माणाधीन अस्पताल पाँच वर्षदेखि अलपत्र
बर्दियाको गेरुवा गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पताल निर्माण कम्पनीको लापरबाहीले करिब पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण कम्पनीले समयमा काम नगर्दा गेरुवा गाउँपालिका– ६ मा रहेको निर्माणाधीन १० शय्याको अस्पताल चार वर्ष १० महिनादेखि अलपत्र अवस्थामा रहेको हो ।
गौरा नेपाल मेगा वीरेन्द्र अमर जेभीले २ जेठ ०७८ मा अस्पताल निर्माणको जिम्मा पाएको थियो । सम्झौताअनुसार निर्माण कम्पनील १५ असार ०७९ मा अस्पताल बनाइसक्नुपर्ने थियो । तर, समयमा काम नगर्दा अस्पताल निर्माणको काम अहिलेसम्म हुन सकेको छैन ।
निजामती किताबखानाको ‘डिजिटल सिफ्टिङ’, पेन्सनसहित अधिकांश सेवा अनलाइनबाटै पाउन सकिने
निजामती किताबखानाले आफ्ना अधिकांश सेवालाई ‘डिजिटलाइज्ड’ (अनलाइनमा आधारित) बनाएको छ । किताबखाना जानुपर्ने सेवाग्राहीले अनलाइनबाटै सेवा प्राप्त गर्न सक्नेगरी प्रविधि विभागले अपनाएको छ । यही क्रममा विभागले शुक्रबार एकीकृत ई–पेन्सन सेवा सुरु गरेको छ ।
निजामती किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार अब राजीनामा वा अनिवार्य अवकाश हुने कर्मचारीले पेन्सन, उपदानलगायतका निवृत्त भएपछि पाउने सेवाहरूका लागि विभाग धाइरहनुपर्दैन । ‘किताबखानाले आफ्नो कोर–सर्भिसलाई डिजिटल ट्रान्सफरमेसनको माध्यमबाट ई–सर्भिसको तहमा स्तरोन्नति गरेको छ,’ पोखरेलले नयाँ पत्रिकासँग भने, ‘अब राष्ट्रिय किताबखाना पूर्णतया फेसलेस भएको छ ।’
सेतो मत्स्येन्द्रनाथको रथ बनाइँदै [तस्बिरहरू]
काठमाडौंमा पाँच दिनसम्म चल्ने सेतो मत्स्येन्द्रनाथको रथायात्राको तयारी भइरहेको छ।
ऐतिहासिक एवं परम्परागत रूपमा चलिआएको आर्यावलोकितेश्वर (सेतो मत्स्येन्द्रनाथ)को रथयात्राका लागि अहिले दरबारमार्गमा धमाधम रथ बनाइँदै छ। यो वर्षका लागि यही १२ गते साँझ ४ बजे रथ तान्ने साइत जुरेको छ।
सरकारले चैत ७ गते शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व इद (इद–उल–फित्र)को सार्वजनिक बिदा दिने भएको छ।
मुस्लिम आयोगबाट प्राप्त पत्रबमोजिम शनिबारलाई इदको बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ। ०८१/११/१५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार गृहले सार्वजनिक बिदा दिएको हो।
घन्टीमा भोट हाल्ने केन्द्रीय सदस्यबाट कारबाही सुरु हुन्छ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत फागुन २१ गतेको निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवारलाई भोट नहाल्ने केन्द्रीय सदस्यलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जनवर्गीय संगठनका नेताहरूको बैठकमा सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय सदस्यहरूले नै आफ्नो पार्टीका उम्मेदवारलाई भोट नहालेको जानकारी प्राप्त भएको भन्दै केन्द्रीय सदस्य, प्रदेश सदस्य, जनवर्गीय संगठनका नेताहरूमध्ये कसले घन्टीमा भोट हाले खोज्न निर्देशन दिए ।