नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा सुरु भएको छ। केहीबेर अघि सुरु भएको बैठकमा दुई मुख्य एजेन्डा तय गरिएको जनाइएको छ।
बैठकमा हालै सम्पन्न निर्वाचनको प्रारम्भिक समीक्षा गर्ने र सभापति गगन थापाले उपसभापतिमार्फत दिएको राजीनामाबारे छलफल गर्ने तयारी गरिएको छ। थापाले आफ्नो राजीनामा उपसभापति विश्वप्रकाश शर्मामार्फत बुझाएका हुन्।
यद्यपि, महत्त्वपूर्ण मानिएको यस बैठकमा स्वयं गगन थापा भने उपस्थित छैनन्।