अघिल्लो निर्वाचनको तुलनामा करिब दुईतिहाइ सिट गुमाउँदै प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ चार गरी जम्मा पाँच सिटमा सीमित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन परिणामको समग्र समीक्षा गर्ने तयारी गरेको छ ।
राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार अघिल्लो निर्वाचनको तुलनामा किन कम मत प्राप्त भयो भन्ने विषयमा विस्तृत विश्लेषण गरिनेछ ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा समानुपातिकतर्फ सांसद टुंग्याउने विषयमा मात्र छलफल भएको र चुनावी समीक्षा हुन नसकेको जनाइएको छ ।
अध्यक्ष राजेन्द्र लिङ्देन काठमाडौं फर्किएपछि कार्यसम्पादन समिति वा केन्द्रीय समितिमा औपचारिक रूपमा समीक्षा हुने उनले बताए ।