मनकामना मन्दिरबाट फर्किँदै गरेको इभी माइक्रो दुर्घटना, ७ जनाको मृत्यु
मनकामना दर्शन गरेर फर्किँदै गरेको इभी माइक्रो गोरखाको सहिद लखन गाउँपालिका–३, कनटारमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा थप सातजना घाइते भएका छन्।
प्रहरीका अनुसार बागमती प्रदेश ००६ ख ८४३० नम्बरको माइक्रो मनकामना दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परेको हो।
एमालेले समानुपातिक सांसदहरूको नाम टुंग्यायो
नेकपा एमालेले समानुपातिक सांसद टुङ्ग्याएको छ। आज बसेको सचिवालय बैठकले समानुपातिक सांसदको नाम टुंगो लगाएको एमालेका सचिव महेश बस्नेतले जानकारी दिए ।
रास्वपाको सचिवालय बैठक आइतबार बस्ने
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालय बैठक स्थगित भएको छ। आज बस्ने तय भएको बैठक भोलि ९आइतबार०का लागि सारिएको पार्टीले जनाएको छ।
समानुपातिक सांसद छनोट गर्न कांग्रेसले बोलायो बैठक
नेपाली कांग्रेसले समानुपातिकतर्फका सांसद छनोट गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
पार्टीका अनुसार बैठक चैत १ गते आइतबार दिउँसो १ बजे पार्टीको
केन्द्रीय कार्यालय बिपी स्मृति भवनमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।
धक्काबाट उठ्न सामूहिक निर्णय - प्रदीप ज्ञवाली
नेकपा ९एमाले०का नेता प्रदीप ज्ञवालीले चुनावी धक्काबाट उठ्न सामूहिक निर्णय र जवाफदेहिताको प्रस्ताव अघि सारेका छन्। पार्टीपंक्तिलाई सम्बोधान गरेर सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले निर्मम आत्मसमीक्षा गरी समीक्षाका निष्कर्षका आधारमा उचित निर्णय लिने प्रस्ताव अघि सारेका हुन्।
पूर्वमन्त्री रिजालको अब निर्वाचन नलड्ने घोषणा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका छन्।
पर्कोसा क्षेत्र नम्बर–४ मा कांग्रेसबाट पटकपटक गरेर आठौं पटक उम्मेदवार बनेर पराजित भएका रिजालले अब आफूले कुनै पनि चुनाव नलड्ने घोषणा गरेका हुन् । शनिबार जगरनाथपुर गाँउपालिका–५ मसिहानीमा आयोजित कांग्रेसको क्षेत्रीय अगुवा कार्यकर्ता भेलामा बोल्दै पूर्वमन्त्री रिजालले अब आफूले संसदीय निर्वाचनमा प्रतिष्पर्धा नगर्ने घोषणा गरेका थिए ।
ग्यास भण्डारण गरी जोखिम नबढाउन आग्रह
जिल्ला प्रशासन कार्यालय सिराहाले खाना पकाउने ग्यासको अतिरिक्त भण्डारण गरी जोखिम नबढाउन आग्रह गरेको छ। सिराहाका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो केही दिनयता खाना पकाउने ग्यासको अतिरिक्त मूल्य लिई बिक्री(वितरण र अस्वाभाविक ढंगले भण्डार गर्नेजस्ता गुनासोको आधारमा त्यस्ता गतिविधि नगर्न आग्रह गरेका छन्।
रोल्पामा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु
रोल्पामा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ । जिल्लाको रून्टिगढी गाउँपालिका वडा नं।७, मोतिखन्ने डाँडामा माटो खन्ने क्रममा ढिस्को खस्दा स्थानीय खाक्सिवननिवासी ४९ वर्षीया निर्मला बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ।
अबको समय पार्टी निर्माणमा जुट्नुपर्छ –कांग्रेस प्रवक्ता चालिसे
नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले अबको समय पार्टी निर्माणमा जुट्नुपर्ने बताउँदै कार्यकर्ता र नेताहरूलाई एकताबद्ध भएर संगठन सुदृढ बनाउन आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले हालको राजनीतिक परिस्थितिलाई आत्मसमीक्षा र पुनर्निर्माणको अवसरका रूपमा लिनुपर्ने बताएका हुन्। उनले एउटा चुनावी हारले नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टीलाई कमजोर बनाउन नसक्ने स्पष्ट पारे।
नाम्जेमा सुक्खा पहिरोस् भेडेटार–रवि–राँके सडक दुई दिनदेखि पूर्ण अवरुद्ध
भेडेटार–रवि–राँके सडकखण्डअन्तर्गत धनकुटाको नाम्जेमा दुई दिनेदेखि लगातार गएको सुक्खा पहिरोका कारण सो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
शुक्रबार बिहानदेखि सुक्खा पहिरो गएपछि दिउँसो भेडेटार–रवि–राँके सडक निर्माणको जिम्मा पाएको भारतीय कम्पनी एप्को इन्फ्रा टेकले एक्स्काभेटर तथा जेसिभीलगायतका उपकरणले सहायताले पहिरो पन्छाउने कार्य गरिएको थियो।