राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक स्थगित भएको छ। आज बस्ने तय भएको बैठक भोलि (आइतबार)का लागि सारिएको पार्टीले जनाएको छ।
पार्टीका अनुसार सचिवालय बैठक भोलि बिहान १० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिसलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
पार्टी स्रोतका अनुसार बैठकमा आगामी निर्वाचनको तयारी, उम्मेदवार छनोट प्रक्रिया तथा संगठनात्मक विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।