संसदीय दलको नेता चुन्न रास्वपाले विधान संशोधन गर्ने

शुक्रबार, २९ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको नेता चुन्नका लागि विधान संशोधन गर्ने भएको छ। रास्वपाको विधानको धारा ६६ मा भएको संसदीय दलको नेता चयन गर्ने व्यवस्थालाई संशोधन गर्न लागेको हो ।

बहुमत पार्टी सदस्यबाट संसदीय दलको नेता चयन गर्ने व्यवस्था व्यावहारिक नभएको भन्दै विधान संशोधन गर्न लागेको रास्वपाले जनाएको छ । विधानलाई समयानुकूल बनाउन गर्नुपर्ने सबै  संशोधन गर्ने रास्वपाको दाबी छ । 

सुझावित समाचार