कांग्रेस महामन्त्री पौडेलले बुझाए निर्वाचन खर्च

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार  प्रदीप पौडेलले आफ्नाे निर्वाचन खर्चको विवरण निर्वाचन आयोगमा बुझाएका छन् । निर्वाचनमा आफ्नो २३ लाख ८६ हजार ३६८ रुपैयाँ खर्च भएको विवरण आयोगमा बुझाएका हुन् । 

पौडेल काठमाडौं ५ मा रास्वपा उम्मेदवार सस्मित पोखरेलसँग पराजित भएका हुन् । उनको सबैभन्दा धेरै खर्च प्रचारप्रसार सामग्रीमा भएको जनाइएको छ । उनले प्रचारप्रसारमा पाँच लाख ५३ हजार ३५० रुपैयाँ खर्च गरेका छन् । 

सुझावित समाचार