कञ्चनपुरमा १२ वर्षीया बालिका करणी आरोपमा भीमदत्त नगरका दुई युवक पक्राउ परेका छन्। बालिकालाई ललाइफकाई जंगलमा बलात्कार गर्न खोजेको आरोपमा भीमदत्त नगरपालिका– १०, मटैनाका ४७ वर्षीय नरेश गिरी र भीनपा (ब्रह्मदेवका ४० वर्षीय हिरा नाथ पक्राउ परेका हुन् ।
गिरी र नाथविरुद्ध प्रहरीमा उजुरी परेपछि पक्राउ गरेर अनुसन्धान अघि बढाइएको कञ्चनपुर प्रहरीले जनाएको छ । नाथ र गिरीले छोरी–नातिनीसरह अबोध बालिकालाई ललाइफकाई गरेर जंगल लगेको पीडितले प्रहरीलाई जाहेर गरेका छन् ।
कञ्चनपुरका प्रहरी प्रवक्ता हेमबहादुर शाहीले घटनाबारे अनुसन्धान भइरहेको बताए । महिला अधिकारकर्मीले पहुँचका भरमा घटना मिलाउन खोजे आन्दोलनको चेतावनी दिएका छन् । महिला अधिकारकर्मी माया नेगीले देशभर बालिका, किशोरीदेखि महिलामाथि यौनजन्य हिंसा अझै नरोकिएको भन्दै घटनाको सत्यतथ्य छानबिन गरेर दोषीउपर कारबाही हुनुपर्ने बताइन् ।