१५ हजार घुस प्रकरणः जवानलाई कैद सजाय, इन्स्पेक्टरलाई सफाइ

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

१५ हजार घुससम्बन्धी मुद्दामा सशस्त्र प्रहरीका जवान दोषी ठहर भएका छन् भने इन्स्पेक्टरले सफाइ पाएका छन्। सशस्त्र प्रहरी बलको रुपन्देहीस्थित बोर्डर आउट पोस्ट मझगाँवका जवान यामबहादुर खत्रीलाई विशेष अदालतले दोषी ठहर गरेको हो। उनीसँगै मुद्दा दायर गरिएका  सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालले सफाइ पाएका छन्। 

  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सामान तस्करीमा सघाउने भन्दै घुस लिएको अवस्थामा जवान खत्रीलाई पक्राउ गरेको थियो। बयानको क्रममा उनले इन्स्पेक्टरको निर्देशनमा घुस लिएको बताएका थिए। सोही आधारमा इन्स्पेक्टरलाई पनि आयोगले मुद्दा चलाएको थियो। बयानमा बताए पनि स्वतन्त्र प्रमाणले पुष्टि हुन नसकेकाे भन्दै उनलाई सफाइ दिने फैसला विशेष अदालतले गरेको छ। 

 जवान खत्रीलाई भने एक महिना कैद र १५ हजार जरिवाना सजाय भएको छ। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले आंशिक ठहरको फैसला गरेको हो। 
 

सुझावित समाचार