चुनावी नतिजाबारे सिटौला–विगतमा पनि यस्तो परिणाम भोगेको हो, नयाँ दृष्टिकोण आवश्यक

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण
चुनावी नतिजाबारे सिटौला–विगतमा पनि यस्तो परिणाम भोगेको हो, नयाँ दृष्टिकोण आवश्यक

फाइल तस्बिर

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देश नै घन्टीमय हुँदा कांग्रेसको अवस्था खस्किएको बताएका छन्।

विशेष महाधिवेशन गरेपछि रुष्ट नेताहरूका कारण चुनावमा कांग्रेसले हार व्यहोरेको हो भन्ने पत्रकारको प्रश्नमा सिटौलाले भने, ‘मलाई त्यस्तो लाग्दैन। यसपटक लहर नै थियो। देश घण्टीमय भएको थियो।’

बुधबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिटौलाले पुराना दलहरु सबैको हैसियत उस्तै देखिएको बताए। आगामी दिनमा दलहरूको ‘पोजिसन’ रास्वपाको कार्यसम्पादनमा भर पर्ने उनले प्रस्ट पारे।

विशेष महाधिवेशनको औचित्यबारे सोधिएको प्रश्नमा सिटौलाले विगतमा पनि यस्तै पराजय भोगेकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए। ‘तर, नयाँ परिस्थितिमा नयाँ ढंगले सोच्ने र नयाँ दृष्टिकोण बनाउने, नयाँ विचार बनाउने, पार्टी संगठनमा पनि, नीतिगत पक्षमा पनि नयाँ ढंगले सोच्ने अवस्था सिर्जना भएको छ,’ उनले भने।

सुझावित समाचार