रवि लामिछानेको निर्वाचन खर्च नौ लाख ९८ हजार

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित उम्मेदवार रवि लामिछानेले आफ्नो निर्वाचन खर्च पेस गरेका छन् । मंगलबार चितवन निर्वाचन आयोगको कार्यालयमा पेस गरेको उनको निर्वाचन खर्च नौ लाख ८९ हजार ९८६ रुपैयाँ रहेको छ ।

उनले खर्चको शीर्षकसहित पेस गरेका छन् । जसमा मनोनयन दर्ताका लागि १० हजार,नमुना मतपत्र सामग्री छपाइको लागि ६८ हजार १६१, यातायात तथा इन्धन खर्च दुई लाख ९५ हजार छ । जसमा उनले दुईवटा गाडी १५ दिन चलाएको उल्लेख गरेका छन् ।

त्यस्तै, मतदाता प्रशिक्षण तथा खाजा खर्च दुई दिनको १४ हजार दुई सय रुपैयाँ भएको उल्लेख गरेका छन् । वडास्तरीय प्रचारका लागि ४६ हजार, झन्डा र ब्याच खरिदका लागि एक लाख १२ हजार रुपैयाँ, ब्यानर र स्टिकरका लागि  ५५ हजार, खाद्यान्न र रासनका लागि एक लाख ९६ हजार, हवाई खर्च तीनपटकको  १६ हजार ६२६ र भेला गोष्ठीका लागि एक लाख ८० हजार रुपैयाँ खर्च भएको विवरण पेस गरेका हुन् । 

सुझावित समाचार