रास्वपाको समानुपातिकमा ५० लाख मत कट्यो

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ४४ हजार ४२५ मत गणना भएको छ। निर्वाचन आयोगका अनुसार हालसम्मको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा देखिएको छ।

आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले साढे १० बजेसम्मको अपडेटअनुसार ५० लाख १४ हजार ८९१ मत पाएको छ । समानुपातिकमा ५० लाख कटाएसँगै रास्वपा समग्रमा दुईतिहाइनजिकै पुगेको छ ।त्यसैगरी दोस्रोमा रहेको नेपाली कांग्रेसले १६ लाख ९५ हजार २६६, तेस्रो भएको एमालेले १४ लाख १३ हजथार ६९ र चौथाे भएको नेकपाले सात लाख ६७ हजार ३२७ मत पाएको छ ।

यस्तै, पाँचौँ भएको श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ४६८ मत पाउँदा छैटौँ स्थानमा रहेर थ्रेसहोल्ड कटाएको राप्रपाले तीन लाख २५ हजार ३७५ मत ल्याएको छ ।

मतगणना कार्य अझै जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी रहेको आयोगले जानकारी दिएको छ।

सुझावित समाचार