३६ लाख समानुपातिक मतगणना, रास्वपाको मत ५० प्रतिशतबाट घट्यो

आइतबार, २४ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आयोगले समानुपातिकतर्फ ३६ लाख ५० हजार ९६१ मत गणना गरेको छ। जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीले १८ लाख १५ हजार ८५६ मत पाएको छ। जुन कुल मतको ४९.७३ प्रतिशत हो। यसअघिको गणनामा रास्वपाले ५० प्रतिशतभन्दा धेरै मत पाउँदै आएकोमा पछिल्लो गणनामा केही घटेको छ। 

त्यस्तै, कांग्रेसले ६ लाख १८ हजार ६३० मत पाएको छ। जुन १६.९७ प्रतिशत हो। 

त्यस्तै, एमालेले पाँच लाख १९ हजार ३५३ मत पाएको छ। जुन १४.२२ प्रतिशत हो। 

नेपाली कम्युनिस्ट पार्टीले दुई लाख ४५ हजार ८०४  अर्थात् ६.७३ प्रतिशत मत पाएको छ। 

राप्रपाको एक लाख ३१ हजार २७७ अर्थात् ३.६५ प्रतिशत  मत पाएको छ। 

अन्य दलले ३ प्रतिशत कटाउन सकेका छैनन्। यद्यपि, श्रम संस्कृति पार्टीकाे प्रभाव रहेका क्षेत्रमा गणना बाँकी रहेकाले उसले थ्रेसहोल्ड कटाउने आकलन गरिएको छ। 

सुझावित समाचार