सिन्धुपाल्चोकका दुई क्षेत्रमध्ये एकमा रास्वपा र अर्काेमा नेकपाले अग्रता लिएको छ। क्षेत्र नम्बर १ मा रास्वपाका भरत पराजुलीले ९२७५ मतसहित अग्रता लिएका छन्। दोस्रो स्थानमा रहेका नेकपामा माधव सापकोटाको ७००५ तथा तेस्रो स्थानमा रहेका जंगबहादुर लामाको ५८७३ मत रहेको छ।
सिन्धुपाल्चोक २ मा भने नेकपामा उम्मेदवार युवराज दुलालले अग्रता अग्रता लिएका छन्। उनले ५३४९ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका कांग्रेसका बंशलाल तामाङले ४२६६, तेस्रो स्थानमा रहेका रास्वपाका झलक श्रेष्ठको ३२१४ तथा एमालेका शेरबहादुर तामाङको २४३२ मत ल्याएका छन्।