कैलाली ५ मा मतगणना नसकिँदै रास्वपाका चन्दको जित सुनिश्चित

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

कैलाली क्षेत्र नम्बर ५ मा मतगणना सकिनुअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आनन्दबहादुर चन्दको जित सुनिश्चित भएको छन्। १० हजार ३१६ मत गणना बाँकी हुँदा चन्द १७ हजार २९३ मतसहित अगाडि छन्।

५५ हजार ६४७ मत गणना हुँदा रास्वपाका चन्दले २७ हजार ७७ मतसहित अग्रता लिइरहेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नरनारायण शाहले नौ हजार ७८४ मत पाएका छन्।

त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आलेले सात हजार ६४ र नेकपा एमालेका यज्ञराज ढुङ्गानाले पाँच हजार १९ मत पाएका छन्। कैलाली ५ मा ६५ हजार ९६३ मत खसेको थियो।

सुझावित समाचार