स्याङ्जा–१ मा रास्वपाका धनञ्जय रेग्मी निर्वाचित

शनिबार, २३ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनञ्जय रेग्मी स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । ११ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै २९ हजार ७१ मत सहित विजयी रेग्मीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकाललाई १० हजार २१४ मत अन्तरले पराजित गरेका छन् ।

निकटतम ढकालले १८ हजार ८५७ मत प्राप्त गर्दा नेकपा (एमाले) का मीनप्रसाद गुरुङले १६ हजार ८०४, नेपाली कम्युनिस्ट पार्टीका शैलेन्द्र घिमिरेले एक हजार ५५२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का हुकुमबहादुर रानाले ६९८, श्रम संस्कृति पार्टीका पिरन गुरुङले ४८९, मंगोल नेसनल अर्गनाइजेसनका यामबहादुर गुरुङले २१६ मत पाए ।

यसैगरी उज्यालो नेपाल पार्टीका रबिन्द्र मल्लले १७६, नेसनल रिपब्लिक नेपालका अर्जुनकुमार गुरुङले ६१, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का सोमबहादुर परियारले ५७, प्रगतिशील लोकतान्त्रिक पार्टीका रनबहादुर विश्वकर्माले ३० र स्वतन्त्र उम्मेदवार अशोक विष्टले २५ मत प्राप्त गरे ।
 

सुझावित समाचार