कञ्चनपुर निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जनक सिँह धामी दोब्बर बढी मतले अग्रता बढाउँदै गएका छन् । शुरुवात चरणदेखि अग्रतामा रहेका धामीले पुनर्वास, बेलडाँडीपछि बेलौरी पुग्दा दोब्बर बढी अग्रता लिएका हुन् ।
पछिल्लो मतगणना अनुसार ३२ हजार ४३१ मत गणना हुँदा धामी सबैभन्दा अग्र स्थानमा फराकिलो मतान्तरले अघि बढिरहेका छन्।
धामीले नेकपाकी उम्मेदवार बीना मगरलाई ९ हजार २४५ मतको अन्तरले पछि पारेका छन् । धामीले १४ हजार ४४६, मगरले ५ हजार २०१, एमालेका तारालामा तामाङ्कले ४ हजार ९४६, नेपाली काँग्रेसका गोपी प्रसाद उपाध्यायले ४ हजार ९२५, राप्रपाका डिल्ली शाहीले ९८६, विप्लव नेतृत्वको नेकपा माओवादीका पुरन रानाले १८३ मत पाएका छन् ।
पहिलो पटक चुनावी मैदान टेकेका रास्वपाका नेता धामी पूर्वमन्त्री बीना मगर, पूर्व सासद तारालामा तामाङ्क, संविधान सभा सदस्य पुरन रानासंग चुनावी मैदानमा होमिएकमा छन् ।