मकवानपुर २ मा रास्वपाका उप्रेतीलाई दोब्बरकाे अग्रता

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

मकवानपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रशान्त उप्रेतीले दोब्बरभन्दा बढी मतान्तरसहित अग्रता कायम गरेका छन्।

६ हजार ३२८ मतगणना हुँदा उप्रेतीले दुई हजार ८३४ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बुद्ध लामाले एक हजार १५२ मत ल्याएका छन्।

त्यस्तै, नेकपा (एमाले)का महेश बर्तौलाले एक हजार ३४ मत प्राप्त गरेका छन् भने नेकपाका लवशेर विष्टले ३८१ मत पाएका छन्। राप्रपाका रामबहादुर थोकरले ९२ मत पाएका छन्।

सुझावित समाचार