कैलाली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ। कांग्रेसका जनकराज चौधरीलाई उछिनेर रास्वापाकी कोमल ज्ञवालीले अग्रता लिएकी हुन्।
दुई हजार ९६० मत गणना गर्दा ज्ञवालीले ८६२ मत प्राप्त गरेकी छिन्।
यसअघि सुरुवाती अग्रता लिएको कांग्रेसका जनकराज चौधरी ७१७ मतसहित दोस्रो स्थानमा झरेका छन्।
रेशम चौधरीको पार्टीको समर्थन पाएका स्वतन्त्र उम्मेदवार फागुराम थारूले ६४६, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौरा थारूले २०७ र नेकपा एमालेका द्वारिकाप्रसाद न्यौपानेले १८९ मत पाएका छन्।