चितवन ३ मा सोविता गौतमको अग्रता, रेनु दाहाल दोस्रो स्थानमा

शुक्रबार, २२ फागुन, २०८२
डिजिटल संस्करण

चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छिन् । हालसम्म सात हजार ७०८ मत गणना हुँदा गौतमले तीन हजार ६३९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। उनलाई पछ्याउँदै नेकपाकी उम्मेदवार रेनु दाहालले दुई हजार २६३ मत ल्याएर दोस्रो स्थानमा रहेकी छिन् ।

त्यस्तै, एमालेका शंकर थपलियाले ७४१ मत प्राप्त गरेका छन् भने कांग्रेसका टेकप्रसाद गुरुङले ४०४ मत पाएका छन् । यस्तै, राप्रपाका दीपक थापाले १२७ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै समय लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सुझावित समाचार