निर्वाचन सम्पन्न भएकोमा चीनको बधाई, नेपालको साथमा रहने प्रतिबद्धता

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

छिमेकी चीनले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा बधाई दिएको छ । चीनले नेपालको साथमा सधैँ रहनेसमेत स्पष्ट पारेको छ । 

नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले बिहीबार साँझ सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘नेपालमा यति शान्तिपूर्ण, व्यवस्थित र सहज प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा बधाई ! आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरेकोमा नेपाली जनतालाई हार्दिक बधाई।’ राजदूत माओमिङले निर्वाचनका लागि नेपाली अधिकारीहरू तथा सबै क्षेत्रका जनताबाट गरिएका महान् प्रयासहरूलाई नोट गर्नुपर्ने भन्दै प्रशंसा गरे । 

‘नेपाललाई स्थिरता, विकास र समृद्धिको कामना, नेपाली जनतालाई खुसी, स्वास्थ्य र सफलताको कामना’ राजदूत माओमिङले भनेका छन्, ‘चीन सधैँ नेपालको साथमा रहन्छ ।’
 

सुझावित समाचार