झापामा १०:४५ सम्म २५.५१ प्रतिशत मत खस्यो

बिहिबार, २१ फागुन, २०८२
डिजिटल संस्करण

झापामा १०:४५ बजेसम्म २५.५१ प्रतिशत मत खसेको छ । केहीबेर अघिसम्म  जिल्लाभर एक लाख ४२ हजार आठ सय मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिए । 

पाँचवटा निर्वाचन क्षेत्रका लागि ९० जना उम्मेदवार जनमत परीक्षणका लागि चुनावी मैदानमा छन् । यहाँ तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता छन् । जसमा ५० हजार २२६ मतदाता थपिएका हुन् ।

झापामा कुल २८५ मतदानस्थल र ८१५ वटा मतदान केन्द्र छन् । झापा ५ मा एमाले अध्यक्ष केपी ओली र रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धामा रहेकाले यो क्षेत्र इलेक्सन इपिसेन्टर बनेको छ ।

See More On

सुझावित समाचार