सुपर ८ का तीनै खेलमा पराजित भएर टुंगियो श्रीलंकाको विश्वकप यात्रा

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण

टी–२० विश्वकप २०२६ को आयोजक राष्ट्रमध्ये एक श्रीलंकाका लागि सुपर ८ चरणका खेल निराशाजनक बनेका छन्। तीन खेलमा तीनवटै खेलमा श्रीलंका पराजित भएको छ। शनिबार भएको पाकिस्तानसँगको खेलमा श्रीलंका पाँच रनले पराजित भयो। 

पाकिस्तानले २१३ रनको लक्ष्य दिएकोमा श्रीलंका २०७ रनमा समेटियो। 

यसअघिका खेलमा श्रीलंका न्युजिल्यान्डसँग ६१ तथा इंग्ल्यान्डसँग ५१ रनले पराजित भएको थियो। 

उता श्रीलंकालाई हराए पनि पाकिस्तान सेमिफाइलन पुग्न सकेन । समान तीन अंक भए पनि रनरेटका आधारमा न्युजिल्यान्ड सेमिफाइनलमा पुगेको छ। यो समूहबाट इंग्ल्यान्डले सुपर ८ मा तीनै खेल जित्न सफल भयो। 
 

सुझावित समाचार