प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनलाई पनि निर्वाचन पास नचाहिने प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनलाई पनि निर्वाचन पास नचाहिने भएको छ ।
निर्वाचन आयोगले शनिबार विज्ञप्ति जारी गर्दै दमकल, एम्बुलेन्स र शव वाहनलाई पास नचाहिने जानकारी दिएको छ । खानेपानीको ट्यांकर, दूध, फलफूल, तरकारीका गाडीलाई पनि पास नचाहिने भएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रय तथा राष्ट्रिय हवाई सेवाका यात्रु बोकेका सवारी साधन, हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा बच्चा बोकेकी महिला चढेको सवारीलाई पनि पास नचाहिने आयोगले जनाएको छ ।
