ललितपुरको बेलाछेंमा धमाधम निर्माण भइरहेको रातो मच्छिन्द्रनाथ जात्राका लागि रथको पांग्रा । वर्षा र सहकालका देउता रातो मच्छिन्द्रनाथ जात्रामा प्रयोग हुने रथका पांग्रा कालिगढले परम्परागत शैली र विधिअनुसार निर्माण गरिरहेका हुन् ।
पांग्रा डेढ महिनामा बनाइसक्ने लक्ष्य छ । चारमध्ये दुईवटा पांग्रा गत २३ र २४ भदौको जेन–जी विद्रोहमा आगजनी हुँदा क्षतिग्रस्त बनेका थिए । हरेक १२ वर्षमा रथको पांग्रा फेर्ने प्रचलन छ ।
रथको चार पांग्रालाई हरिशिद्धि, लुप्तसंहार, टीकाभैरव र अन्नदीकुन्दर गरी चार भैरवको प्रतीकका रूपमा लिने गरिन्छ । पाटनमा हरेक वर्ष रातो मच्छिन्द्रनाथको जात्रा मनाउने गरिन्छ ।