बागलुङका उम्मेदवार कर्जा सूचना केन्द्रको कालोसूचीमा

शुक्रबार, १५ फागुन, २०८२
डिजिटल संस्करण

प्रतिनिधिसभा सदस्य निर्वाचनमा बागलुङबाट उम्मेदवार रहेका लालबहादुर घर्ती कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको खुलेको छ। केन्द्रले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ १ लाई पत्र लेख्दै घर्ती कालोसूचीमा रहेको विवरण दिएको हो। उनी श्रम संस्कृति पार्टीका उम्मेदवार हुन्। 

घर्तीविरुद्ध उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले केन्द्रसँग उनको विवरण मागेको थियो। केन्द्रले निर्वाचन कार्यालयलाई पठाएको जवाफअनुसार १० वैशाख २०८० यता उनी कालोसूचीमा छन्। चेक बाउन्ससम्बन्धी मुद्दाका कारण उनी कालोसूचीमा परेका हुन्।

कालोसूचीमा रहेका व्यक्ति उम्मेदवार हुन अयोग्य हुने निर्वाचनसम्बन्धी कानुनमा छ। केन्द्रको पत्र आएको र उनको विषयमा निर्णय गरिने निर्वाचन कार्यालय बागलुङका अधिकारीले बताएका छन्। ‘यस विषयमा निर्वाचन आयोगबाट राय मागेका छौँ, सोही रायका आधारमा निर्णय गर्छाैँ,’ जिल्ला निर्वाचन कार्यालयका ती  अधिकारीले भने। 

सुझावित समाचार