सर्वोच्च अदालतले दुर्गा प्रसाईंमाथि अनुसन्धान गरी कारबाही गर्न निर्वाचन आयोगले गरेको सिफारिस गरेको फाइल झिकाउन आदेश दिएको छ।
उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा न्यायाधीशद्वय डा. नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले आयोगको फागुन ४ गतेको निर्णयको सक्कल फाइल झिकाउन आदेश दिएको हो।
आयोगले प्रसाईंमाथि अनुसन्धान गरी कारबाही गर्न फागुन ४ गते जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेको थियो।
‘जिल्ला प्रहरी परिसर काठमाडौंको लिखित जवाफबाट निर्वाचन आयोगको मिति २०८२/११/०४ प.स./च.नं. ०८२/०८३/२०० को पत्रबाट अनुसन्धान गरी कारबाही गर्न लेखी पठाएबमोजिम निवेदकलाई पक्राउ गरिएको भन्ने खुल्न आएकाले सो आयोगबाट निवेदकउपर अनुसन्धान गरी कारबाही गर्न लेखी पठाउने भनी गरेको निर्णयसहितको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउनू,’ आदेशमा भनिएको छ।
