१५ फागुनभित्र जेन–जी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

सरकारले जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण १५ फागुनभित्र उपलब्ध गराउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार उपचारमा संलग्न अस्पतालहरूलाई छुट भएका घाइतेको विवरण मन्त्रालयमा पेस गर्न भनिएको हो। घाइतेहरूको सूचीकरण तथा वर्गीकरणसम्बन्धी काम सम्पन्न गर्न फागुन १ देखि १५ गतेभित्र विवरण उपलब्ध गराउन आग्रह गरिएको छ।

हालसम्म दुई सयजना घाइतेको मात्र वर्गीकरण विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ। फागुन १५ गतेभित्र प्राप्त निवेदनको छानबिनपछि अन्तिम नामावली सार्वजनिक गरिनेछ।

सरकारले अतिगम्भीर र गम्भीर घाइतेलाई मासिक नाै हजार तथा मध्यम घाइतेलाई मासिक चार हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रालयका अनुसार जेन–जी प्रदर्शनमा दुई हजार ५९९ जना घाइते भएका छन्।

सुझावित समाचार