विश्वव्यापी संस्था इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए)को राजदूतमा दीप्ति आचार्य नियुक्त भएकी छिन् । संस्कृति इन्टरनेशनल स्कुलकी संस्थापक निर्देशक आचार्यले नेपाल तथा छिमेकी देशमा आइसिएको प्रतिनिधित्व गर्नेछिन् । उनले आइसिएअन्तर्गत सञ्चालित शिक्षकहरूको सञ्जाल विस्तार र सुदृढ गर्न भूमिका खेल्ने बताइएको छ ।
राजदूतका रूपमा नियुक्त भएपछि आचार्यले अन्य विद्यालयलाई पनि मार्गदर्शन गर्ने, तालिम सञ्चालन गर्ने तथा अन्तर्राष्ट्रिय पाठ्यक्रमहरूको गुणस्तरीय कार्यान्वयनलाई क्षेत्रभर प्रवद्र्धन गर्ने काम गर्नेछिन् । यो ‘आइसिए एम्बासडर’ कार्यक्रमले शैक्षिक नेतृत्वकर्तालाई छनोट गर्ने गर्छ ।