नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बुधबार बिहान ११ बजे

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११:०० बजे भर्चुअल माध्यमबाट बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूका साथै सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।

बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीका संगठनात्मक गतिविधि तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल हुने जनाइएको छ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनामा सम्बन्धित सबै पदाधिकारी तथा सदस्यहरूलाई निर्धारित समयमै अनलाइनमार्फत अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।

पार्टीले पछिल्लो राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै महत्वपूर्ण निर्णयहरू लिन बैठक आह्वान गरिएको बताएको छ।

सुझावित समाचार