बर्दियामा मृत अवस्थामा बाघ फेला

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

बर्दियाको मधुवन नगरपालिका– १ मा रहेको शिव सामुदायिक वनमा मृत अवस्थामा बाघ फेला परेको छ । सोमबार शिव सामुदायिक वनमा मृत अवस्थामा बाघ फेला परेको हो ।

सामुदायिक वनमा कुहिएको अवस्थामा फेला गरेको बाघको सोमबार नै दाहसंस्कार  गरिएको छ । सामुदायिक वनभित्र मृत अवस्थामा फेला परेको बाघको मृत्युको कारण भन्ने खुल्न नसकेको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत शिवबहादुर केसीले जानकारी दिए । 

पछिल्लो समय सामुदायिक वनआसपासको क्षेत्रमा दुईवटा चितुवा र एउटा बाघ मरेको फेला परेको छ।

सुझावित समाचार