नेपाली कांग्रेस छोडेर केही वर्ष एमाले प्रवेश गरेका जितेन्द्रनारायण देव फेरि कांग्रेसमै फर्किएका छन् । संविधानसभा सदस्यसमेत रहेका देव त्यतिवेला कांग्रेस छोडेर एमाले प्रवेश गरेका थिए । तर, उनले एमाले पनि छोडेका छन् । केही दिनअघि एमाले छोडेका देवले आफू कांग्रेसमै फर्किएको घोषणा गरेका छन् ।
नेपाली कांग्रेसको विशेष राष्ट्रिय महाधिवेशनद्वारा पारित भएको नीति, विचार, योजना, प्रस्ताव तथा प्रतिबद्धताहरूलाई स्वागत, समर्थन तथा आत्मसात् गर्दै कांग्रेसमा फर्किएको विज्ञप्ति जारी गर्दै घोषणा गरे ।