इतिहासमा आज

आइतबार, ३ फागुन, २०८२
डिजिटल संस्करण

सन् २००३ : इतिहासमै सबैभन्दा ठुलो शान्ति प्रदर्शन । आजकै दिन विश्वभरका ६०० सहरमा तीन करोड मानिसले इराक युद्धको विरोध गर्दैैै शान्तिको पक्षमा प्रदर्शन गरे ।

सन् २९९ : नगरका युवाको दिमाग भ्रष्ट पारेको आरोपमा एथेन्स नगरले दार्शनिक सुकरातलाई मृत्युदण्डको सजाय सुनायो ।

सन् १५६४ : इटालीका प्रसिद्ध वैज्ञानिक ग्यालिलियो ग्यालिलीको जन्म । पिसा सहरमा जन्मिएका गणितज्ञ तथा दार्शनिक ग्यालिलियोको मृत्यु सन् १६४२ को ८ जनवरीमा इटालीको आर्कटेरीमा भएको थियो । 

सन् १८७९ : अमेरिकी कंग्रेसले देशको सर्वोच्च अदालतमा महिला वकिललाई अभ्यास गर्न लगाएको बन्देज हटायो ।

सन् १९०६ : बेलायतको प्रमुख दलमध्ये एक लेबर पार्टी स्थापना भयो ।

सन् १९३३ : तत्कालीन अमेरिकी राष्ट्रपति फ्राङ्लिन डी रुजबेल्टको हत्या प्रयास । उनी बच्न सफल भए पनि उनीसँगै रहेका सिकागोका मेयर एन्टोन सेरमार्कको ज्यान गयो ।

सन् १९६७ : भियतनाममा १३ वटा अमेरिकी हेलिकोप्टरलाई एकै दिन खसालिएको थियो ।

सन् १९७१ : बेलायत र आयरल्यान्डद्वारा आफ्नो मुद्रालाई डेसिमल प्रणालीमा परिणत । परिवर्तनअघि एक पाउन्ड स्टर्लिङ २४० पेन्स वा २० सिलिङबराबर थियो ।

सन् १९८९ : सोभियत सेनाको अन्तिम फौजले अफगानिस्तान छाडेसँगै अफगानिस्तानमाथिको सोभियत सैन्य अतिक्रमण अन्त्य भयो ।

सुझावित समाचार