किसानलाई ९० घार मौरी वितरण

शनिबार, २ फागुन, २०८२
डिजिटल संस्करण

खाँदबारी नगरपालिकाले किसानलाई  ९० घारसहितका मौरी वितरण गरेको छ । खाँदबारीका मेयर महेश थपलिया र उपमेयर महेश्वरा श्रेष्ठ बज्राचार्यले मौरीसहितका घार किसानलाई वितरण गरेका हुन् ।

आयआर्जन वृद्धि गरी आत्मनिर्भर बनाउने र व्यावसायिक मौरीपालनमा प्रवद्र्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई मौरीसहितका घार वितरण गरेको नगरपालिकाले जनाएको छ ।

मेयर थपलियाले मौरी वितरण गर्दै व्यावसायिक मौरीपालनमा लाग्न किसानलाई आग्रह गरेका छन् । उनले युवाहरू बिदेसिने क्रममा बढ्दो रहेको अवस्थामा गाउँमा नै रोजगारी सिर्जना गरी आत्मनिर्भर बन्न मौरीपालनले सहयोग पुग्ने पनि बताएका थिए ।

सार्वजनिक सूचनामार्फत किसानबाट भएको मागअनुसार मौरीसहितको घार वितरण गरिएको खाँदबारी नगरपालिकाका कृषि शाखा प्रमुख जानुकला राईले जानकारी दिइन् । 

See More On

सुझावित समाचार