संखुवासभामा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्। बिहीबार रास्वपाको केन्द्रीय कार्यालय काठमाडौं पुगेर कांग्रेस संखुवासभाका महासमिति सदस्य मुक्तिसिंह राई रास्वपा प्रवेश गरेका हुन्।
रास्वपाका उम्मेदवार मिंमा शेर्पाको पहलमा राई पार्टी प्रवेश गरेका रास्वपा संखुवासभाका सभापति भक्तनारायण श्रेष्ठले बताए। रास्वपाका उम्मेदवार शेर्पा पनि त्यसअघि कांग्रेस महासमिति सदस्य थिए।
राईसँगै एमालेको भ्रातृ संगठन खेलकुद महासंघका जिल्ला अध्यक्ष सुनील श्रेष्ठ पनि रास्वपा प्रवेश गरेका हुन्। त्यस्तै, युवा संघका जिल्ला सदस्य र तरुण दलका जिल्ला सदस्यसमेत रास्वपा प्रवेश गरेका उनले बताए।