सातजना सहसचिवमा सिफारिस

बिहिबार, २२ माघ, २०८२
डिजिटल संस्करण

लोक सेवा आयोगले सात जनालाई सहसचिवमा नियुक्त गर्न सिफारिस गरेको छ। प्रशासन सेवातर्फ सहसचिवको लागि भएको विज्ञापनमा छनोट भएकाहरूलाई आयोगले बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई नियुक्तिको सिफारिस गरेको हो। लिखितमा १० जना उत्तीर्ण भएकोमा अन्तिम नजितामा सातजना छनोट भएका हुन्। 

पहिलो नम्बरमा डिजन भट्टराई सिफारिस भएका छन्। त्यस्तै, विजय राना, तीर्थराज राई, रेशमलाल कँडेल, गोकुल बाँस्तोला, खडानन्द अधिकारी र मानबहादुर बम छन्। 

सुझावित समाचार