दुबईबाट ल्यापटप र मोबाइल लिएर आएका दुई युवती विमानस्थलमा पक्राउ

बुधबार, २१ माघ, २०८२
डिजिटल संस्करण

दुबईबाट ल्यापटप र आइफोन लिएर आएका दुई युवती त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।

मंगलबार बेलुका हिमालयन एयरलाइन्सबाट काठमाडौं आएकी मकवानपुरकी पूर्णिमा लामा तामाङ र रुपन्देहीकी पूर्णिमाकुमारी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। भन्सार छलीको आरोपमा उनीहरू पक्राउ परेका हुन्। 

पूर्णिमासँग एउटा आइफोन र दुईवटा ल्यापटप तथा दुईवटा मोबाइल र दुईवटा वाइवाच बरामद गरिएको एसपी राजकुमार सिलवालले बताए। 

सुझावित समाचार