रास्वपा वरिष्ठ नेता बालेन शाहले झापा ५ का सुकुम्बासीलाई काठमाडौंजस्तो डोजर नचल्ने स्पष्ट पारेका छन्।
मंगलबार कमल गाउँपालिकाको सुकुम्बासी बस्तीमा पुगेर उनले काठमाडौंमा बाढीको जोखिमबाट जोगाउन मात्रै डोजर प्रयोग गरिएको बताए।
मतदाताको जिज्ञासामा बालेनले भने, ‘काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएँ, यहाँ त्यस्तो हुँदैन ।’
बालेनले खोलाछेउबाहेकका सुकुम्बासीको लगत भूमि आयोगमार्फत संकलन गरी स्थानीय तहको सिफारिसमा लालपुर्जा दिनुपर्नेमा जोड दिए। साथै, भूमि आयोगमा राजनीतिक पहुँचका आधारमा हुने विभेद अन्त्य गर्न प्रणाली सुधार आवश्यक रहेको बताए।