नेपाली बजारमा ‘हट एन्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा अग्रणी पहिचान बनाइसकेको करेन्ट नुडल्सको उत्पादक संस्था यसोदा फुड्स प्रा.लि.ले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’को दोस्रो शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ। नयाँ शाखा आइतबारदेखि बानेश्वरस्थित कात्यायनी चोकमा औपचारिक रूपमा सुरु गरिएको हो।
भैरहवामा सञ्चालनमा रहेको पहिलो करेन्ट मार्टले प्राप्त गरेको उल्लेखनीय सफलता तथा उपभोक्ताको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले राजधानी काठमाडौंमा विस्तार गरेको जनाएको छ।
नयाँ बानेश्वरको कात्यायनी चोकमा अवस्थित करेन्ट मार्टको उद्घाटन यसोदा फुड्सका डाइरेक्टर मधुसुदन घिमिरे र नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा रिबन काटेर गर्नुभएको थियो। उद्घाटन कार्यक्रममा डाइरेक्टर घिमिरेले करेन्ट मार्टको अवधारणा, उद्देश्य र उपभोक्तालाई प्रदान गरिने सुविधाबारे सञ्चारकर्मीलाई जानकारी दिनुभएको थियो।
उद्घाटन समारोहमा कम्पनीका एरिया सेल्स म्यानेजरहरू सोनी पुडासैनी, विमला खाती र सपना भुसालको उपस्थिति रहेको थियो भने ग्राहक तथा शुभचिन्तकहरूको पनि उल्लेखनीय सहभागिता देखिएको थियो।
नवनिर्मित करेन्ट मार्टमा उपभोक्ताहरूले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका खाद्य सामग्रीहरू सहज रूपमा खरिद गर्न सक्नेछन्। मार्टमा करेन्ट ब्रान्डका लोकप्रिय चाउचाउ, विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स, पोट्याटो क्य्राकर्सका साथै करेन्ट गोल्ड मसाला चिया, सिटिसी चिया र जिरा, धनियाँ तथा रातो खुर्सानी पाउडरजस्ता मसला उत्पादनहरू उपलब्ध छन्।
उद्घाटनका क्रममा बोल्दै यसोदा फुड्सका चेयरम्यान चुन्नप्रसाद पौडेलले भैरहवाका उपभोक्ताले देखाएको विश्वास र मायाले राजधानीमा पनि करेन्ट मार्ट विस्तार गर्न प्रेरणा मिलेको बताए। उनले कात्यायनी चोक क्षेत्रका उपभोक्ताले अब नजिकैबाट ताजा र गुणस्तरीय उत्पादन प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे।
यसअघि अनामनगर र शंखमूलमा ‘करेन्ट पोइन्ट’मार्फत नुडल्स पारखीलाई सेवा दिँदै आएको कम्पनीले करेन्ट मार्टमार्फत प्याकेज्ड फुड्सको सम्पूर्ण दायरा एउटै स्थानबाट उपलब्ध गराउने लक्ष्य लिएको छ।
सन् २०१७ मा स्थापना भएको यसोदा फुड्स प्रा.लि. नेपालकै अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीहरूमध्ये एक हो। गुणस्तर र नवीनतामा केन्द्रित कम्पनीले ‘करेन्ट’ ब्रान्डअन्तर्गत उत्पादन गरिने पिरो तथा स्वादिष्ट चाउचाउमार्फत विशेषगरी युवापुस्तामाझ लोकप्रियता हासिल गरेको छ। हाल कम्पनीले आफ्ना उत्पादनहरू नेपालभरि तथा विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै नेपाली स्वादलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउँदै आएको छ।